अर्थ – नयाँ मुलुक https://nayamuluk.com Thu, 30 Jun 2022 14:03:23 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 नेगउमनपाको ११औं नगरसभाबाट आर्थिक तथा विनियोजन विधेयक सर्वसम्मत पारित https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%97%e0%a4%89%e0%a4%ae%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7%e0%a4%94%e0%a4%82-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%97%e0%a4%89%e0%a4%ae%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7%e0%a4%94%e0%a4%82-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be/#respond Thu, 30 Jun 2022 14:03:22 +0000 https://nayamuluk.com/?p=1981 १६ असार, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर पालिकाको ११औं नगरसभा बिहीवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ । नगरसभाले नगर उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । नगरसभामा उपमहानगर पालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई गरे । यसैगरी सशितकुमार कलवार, रामचरण यादव, रामकृष्ण चौधरी, गगनसिंह साउद, टेकवहादुर केसी, कृष्णवहादुर केसी, नरवहादुर कठायत, उषा राणा, शिवकुमार वृजपति, स्व. रामसुरेश यादव, कृष्णदेवी बाल्मिकी, भद्रवहादुर शाही, शोभा बाल्मिकी र फकिरे भंगीलाई पनि सम्मान गरिएको प्रशासन महाशाखा प्रमुख राजन केसीले जानकारी दिए ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%97%e0%a4%89%e0%a4%ae%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7%e0%a4%94%e0%a4%82-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be/feed/ 0
अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/#respond Sun, 26 Jun 2022 17:10:36 +0000 https://nayamuluk.com/?p=1967 काठमाडौँ, असार १२ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो । यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रुपियाँ २९ र पेट्रोल प्रतिलिटर रुपियाँ २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/feed/ 0
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95/#respond Thu, 23 Jun 2022 15:39:49 +0000 https://nayamuluk.com/?p=1948 नेपालगन्ज, ९ असार । नेपालगञ्ज उपमहानगर पालिकाद्वारा बिहीवार आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । नेपालगञ्ज उपमहानगर पालिकाको ११ औं नगर सभामा मेयर प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपमेयर कमरुद्दिन राइले बजेट प्रस्तुत गरेका हुन् । नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभामा सभाध्यक्ष विष्टले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमेयर राईले आगामी आर्थिक वर्षका कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । उक्त सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी थिए । नियमानुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95/feed/ 0
राप्ती सोनारीको ११ औं सभाको तयारी, ८८ करोड ३१ लाखको बजेट ल्याइँदै https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7-%e0%a4%94%e0%a4%82-%e0%a4%b8%e0%a4%ad%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7-%e0%a4%94%e0%a4%82-%e0%a4%b8%e0%a4%ad%e0%a4%be/#respond Wed, 22 Jun 2022 16:24:16 +0000 https://nayamuluk.com/?p=1942 नेपालगञ्ज, असार ८ । राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तिब्र पारिएको छ । आगामी शुक्रबार(असार १० गते) दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।
‘हामी गाउँसभा गर्ने तयारीमा जुटिसकेका छौं, गाउँ सभामा प्रस्तुत गर्ने बजेट बारेको छलफल अन्तिम चरणमा पुगेको छ,’ उनले भने । उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
‘गाउँ सभाको तयारीकै लागि हामी निरन्तर कार्यपालिका बैठकमा छौं, कहाँ कति बजेट विनियोजन गर्ने भन्नेबारे कार्यपालिका बैठकमा छलफल भएको छ,’ उपाध्यक्ष थारुले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाको बजेट सिलिङ पठाइएको छ ।
मापदण्ड नै बनाएर वडामा १ करोड ६० लाखदेखी १ करोड ९० लाख रुपैयाँ सम्म बजेट छुट्याइएको छ । यसैगरी गाउँपालिकाले खर्च गर्ने बजेट ३५ करोड ४६ लाख ४८ हजार रुपैयाँ गरी कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । गाउँ सभामा सभाध्यक्षसहित ४७ जना सदस्य सहभागी हुनेछन् ।

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7-%e0%a4%94%e0%a4%82-%e0%a4%b8%e0%a4%ad%e0%a4%be/feed/ 0
राप्ती सोनारीद्वारा वडागत रुपमा बजेट विनियोजन https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be%e0%a4%97/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be%e0%a4%97/#respond Sun, 12 Jun 2022 11:20:02 +0000 https://nayamuluk.com/?p=1879 नेपालगन्ज, २९ जेष्ठ । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँ सम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८–७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उनले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले जानकारी दिए ।
गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । ‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उनले भने ।
स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be%e0%a4%97/feed/ 0
महामारी प्रभावित उद्योग-व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाको घोषणा https://nayamuluk.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97/ https://nayamuluk.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97/#respond Thu, 22 Jul 2021 07:53:03 +0000 https://nayamuluk.com/?p=1120

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी-व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए ।

सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । ‘विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,’ उनले भने, ‘महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो ।’

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ – स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, ‘निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।’

परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहको रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताउनुभयो । उहाँले बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।सोत खबरडबली

]]>
https://nayamuluk.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97/feed/ 0
साउन १ देखि नेपाल भित्रिने सबै मोबाइल अनिवार्य दर्ता हुनुपर्ने https://nayamuluk.com/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a5%a7-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8/ https://nayamuluk.com/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a5%a7-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8/#respond Sat, 03 Jul 2021 10:55:01 +0000 https://nayamuluk.com/?p=998

काठमाडौं : साउन १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल अनिवार्य रजिस्टर्ड गर्नुपर्ने भएको छ


नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ देखि नेपाल भित्रिने मोबाइल दर्ता नभए नेपालभित्र नचल्ने बताएको हो। प्राधिकरणले धेरै वर्षदेखि मोबाइल को दर्ता गर्नुपर्ने बताउँदै आए पनि विभिन्न कारण देखाउँदै उक्त व्यवस्था लागू गर्नसकेको छैन।


सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।


यसले अ’वैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउनुका साथै मोबाइलको प्रयोग गरी हुने आप’राधिक गतिविधि समेत नियन्त्रण हुने सरकारको दाबी छ।


मोबाइल सेटको आयात, बिक्रीवितरण तथा प्रयोगलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमसम्बन्धी विनियमावली २०७५ बनाइसकेको छ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a5%a7-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8/feed/ 0
२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट https://nayamuluk.com/%e0%a5%a8%e0%a5%a7-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%93%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be/ https://nayamuluk.com/%e0%a5%a8%e0%a5%a7-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%93%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be/#respond Tue, 23 Feb 2021 10:33:53 +0000 https://nayamuluk.com/?p=244

काठमाडौं, फागुन ११

सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस दिन बजार खुलेपछि नै तीव्र गतिमा ओरालो लागेको हो, यद्यपि अन्तिममा बजार केही सम्हालिएको थियो। १ बजेतिर परिसूचक २५१९ अंकसम्म झरेको थियो। कुल ८ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ।  
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। बिक्रीमा करिब १० लाख कित्ताको चाप परेकाले अब केही दिन कम्पनीको मूल्य घट्न सक्छ। कम्पनीको मूल्य हिजोसम्म दैनिक १० प्रतिशतले नै बढेको थियो। आज कारोबार खुल्दा १० प्रतिशतले बढेको मूल्य ७२६ रुपैयाँसम्म पनि कारोबार भयो।

तर कारोबार सुरु भएको केही बेरमै मूल्य १० प्रतिशतले घटेर ५९४ रुपैयाँ कायम भयो।  आँखुखोला जलविद्युतको मूल्य ६.६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा पनि इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोडको कारोबार भयो। त्यसपछि नविल, एनआइसी एसिया, ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स कारोबारका आधारमा क्रमशः अगाडि रहे। 

]]>
https://nayamuluk.com/%e0%a5%a8%e0%a5%a7-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%93%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be/feed/ 0