नेपालगन्ज– बाँकेमा जारी निषेधाज्ञा जेठ ३ गतेसम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसका कारण परिस्थिति असहज बन्दै गइरहेकोले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको जनाएको छ ।
संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै...
नेपालगन्ज– निषेधाज्ञा र कोरोना महामारीका बेला पनि नेपालगन्जमा भारत हुने चोरी निकासी रोकिएको छैन । निषेधाज्ञा एवम् कोरोना महामारीका बेला भारतबाट चोरी पैठारी गरेर नेपाल ल्याई बेवारिसे अवस्थामा छोडिएका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ...
नेपालगन्ज– माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
बोर्डले एसइई जेठ १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको...
नेपालगन्ज– कोरोना संक्रमणले राप्तीसोनारी गाउँपालिकाका वडा सदस्यसहित २ को मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेरा र वडा नम्बर २ का ७३ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएको हो...
नेपालगन्ज– दोस्रो लहरको कोरोना भाइरसको महामारीले संक्रमित भएर राप्तीसोनारी गाउँपालिकाका धेरैजसो व्यक्ति होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बसेका व्यक्ति र स्वास्थ्य संस्थाको समस्या र अवस्था बुझ्न आइतबार राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्वास्थ्य...
नेपालगन्ज–बाँकेको नरैनापुरमा विपत व्यवस्थापन समिति (विव्यस) को बैठकले कोभिड–१९ रोकथामका लागि महत्वपूर्ण निर्णय गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै समितिले आदर्श माविमा २५ वेडको आइसोलेसन सञ्चालन गर्ने, आइसोलेसनका लागि बेड, अक्सिजन, डस्टविन, लत्ता कपडालगायतका...
नेपालगन्ज– कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको संक्रमणपछि उत्पन्न विभिन्न समस्या समाधानका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको बैठकमा अहिलेको विष्म परिस्थितिमा उत्पन्न समस्यालाई समाधानका...
नेपालगन्ज– कोरोनाको दोस्रो लहर नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि बाँकेमा दीप प्रज्ज्वलन गरिएको छ। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सबै आम नेपालीको मनोबल बढाउन...
डुडुवा (बाँके)– डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका बिरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो...
नेपालगन्ज– कोरोना संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया एक महिला र ४२ वर्षीय पुरुष रहेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए ।
शर्माका अनुसार राप्तीसोनारी गाउँपालिका...