काठमाडौं : साउन १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल अनिवार्य रजिस्टर्ड गर्नुपर्ने भएको छ


नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ देखि नेपाल भित्रिने मोबाइल दर्ता नभए नेपालभित्र नचल्ने बताएको हो। प्राधिकरणले धेरै वर्षदेखि मोबाइल को दर्ता गर्नुपर्ने बताउँदै आए पनि विभिन्न कारण देखाउँदै उक्त व्यवस्था लागू गर्नसकेको छैन।


सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।


यसले अ’वैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउनुका साथै मोबाइलको प्रयोग गरी हुने आप’राधिक गतिविधि समेत नियन्त्रण हुने सरकारको दाबी छ।


मोबाइल सेटको आयात, बिक्रीवितरण तथा प्रयोगलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमसम्बन्धी विनियमावली २०७५ बनाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here