विश्व रक्तदाता दिवस १४ जुन ( ३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो । २०७८ जेठ ३१ गते काठमाण्डौ जोरपाटीको दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाण्डौ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सुर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गर्नुभएको थियो ।यसैगरी शान्ति समाज नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गर्नुभएको थियो । शान्ति समाज रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गर्नुभएको थियो भने शान्ति समाज नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित ८ जनाले रक्तदान गर्नुभएको थियो ।यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा सम्पन्न रक्तदान कार्यक्रममा डा. रेखा रेग्मीसहित २० जनाले र शान्ति समाज चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा ६ जनाले रक्तदान गर्नुभएको थियो । यसैगरी शान्ति समाज ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ७ दर्जन बढीले रक्तदान गर्नुभएको थियो । जेठ ३१ गते नै शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २ दर्जन बढीले रक्तदान गर्नुभएको थियो भने शान्ति समाज कपिलवस्तु शाखा र रेडक्रस वाणगंगा उपशाखाको संयुक्त आयोजनामा वाणगंगामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गर्नुभएको थियो । यसैगरी २०७८ जेठ २९ गते शान्ति समाज पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम शान्ति समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुन्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गर्नुभएको थियो । यस्तै विश्व रक्तदाता दिवसका दिन जेठ ३१ गते शान्ति समाज दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र संघ संस्थाहरुको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here