No description available.
  • मनोज कुमार कौशल
    नेपालगञ्ज/नेपालगञ्ज मुस्लिम समाज बाँकेले ७औं चरणमा राहत स्वरुप विभिन्न खाद्यान्न सामाग्री गरीब, विपन्न, असहाय वर्गमा वितरण गरेको छ ।
    यस सामाजिक संस्थाले कारोना महामारीमा लकडाउनबाट व्यक्ति भोकभोकै बसेको देखेपछि त्यस्ता वर्गहरुलाई राहत पुर्‍याउन शनिवार दिन एक सर्भे टोली गठन गरेको थियो । उक्त टोलीले पचासौं घरको सर्भे गरि उनीहरुलाई राहत पुर्‍याउने निणर्य गर्‍यो जसपछि सस्थाले आवश्यकता रहेको वर्गके घर घरमा पुगी खाद्यान्न राहत स्वरुप वितरण गरेको छ ।
    राहत सामाग्रीहरुमा १० केजी चामल, ५ केजी पिठो, १ केजी दाल, १ लिटर खाने तेल, १ प्याकेट नुन, १ प्याकेट सोयाबिन रहेको छ । सो खाद्यान्न सामाग्री बोरीमा प्याक गरेर वितरण गरिएको छ । यस्तो खाद्यान्न राहत स्वरुप रंगशाला नजीक मदन चोक, बुलबुलिया, भवानीबगियाको नारायण माविको पछाडि त्यस्तै शहीद दशरथचन्द टोल, रामनगर हडियाबाबा नजीक, सुनार मण्डी र ठठेरनटोलमा वितरण गरिएको छ ।
    ठठेरनटोलमा एकैपटक २० घरमा राहत वितरण गरिएको छ । यस्तो वर्गमा हिन्दु वर्ग पनि रहेका छन् । यस राहत वितरण कार्यक्रममा समाजका अध्यक्ष हकीम हलवाई, अब्दुल जजील मन्सुरी ॅमुन्ना’, मेराज अहमद हलवाई ॅहिमालय’, बाबु नेता, फिरोज वारसी, जियाउल हक हलवाई, रहिस हलवाई, शकील हलवाई ॅबुट गुरु’, मुस्ताक अन्सारी, शारिक हलवाई र प्रवेज अली अन्सारीको सहभागिता रहेको छ ।
    नेपालगञ्ज उमनपामा अहिले कोरोनाको संक्रमण केही घटेको छ तर यो कोरोना पूणर् रुपले भने हटेको छैन अहिले पनि विभिन्न स्थानका व्यक्तिको उपचारको क्रममा मृत्यु भइ रहेको देखिन्छ । संक्रमणको कारण नागरिकको आर्थिक अभाव थपिएको छ जसको कारण अब व्यक्तिलाई २ छाक टार्न समेत गाह्रो भएको छ । सरकारी स्तरमा नागरिकलाई कुनै प्रकारको राहत नपुर्‍याइएकोले यसबाट जनता सरकारप्रति रुष्ट रहेको देखिन्छन् तर कोरोनाको संक्रमणमा जुन प्रकारले नेपालगञ्ज मुस्लिम समाजले गरीब वर्गमा राहत वितरण गरेको छ यसको सबैतर्फबाट प्रशंसा भइरहेको छ । आइतवार दिन बिहान समाजले बाँकेको शम्शेरगञ्जमा सशस्त्र प्रहरीलाई मास्क र सिनेटाइजर पनि वितरण गरेको कुरा जानकारीमा आएको छ ।
No description available.
No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here