कोरोना भाईरसबाट आक्रान्त रहेका नेपालगन्जबासी तथा विश्व वातावरण शुद्धिकरणका लागि विगत एक महिनादेखि आर्य समाज नेपालगन्जद्वारा कोरोना महामारी विरुद्ध वातावरण शुद्धिकरण गर्न बैद्धिक हवन कार्यक्रम गरिंदै आएको बताईएको छ ।
त्रिवेणी मोडबाट मंगलबार कशौधन वैश्य समाजका नन्दलाल वैश्य, वडा प्रहरीका प्रहरी उपरीक्षक, शिवदीप आर्यलगायतले हिन्दु धर्मको मान्यता अनुसार मन्त्र जाप गर्दै बैद्धिक हवन कुण्डमा हवन आहुती दिई घुम्ती बैद्धिक हवन कार्यको शुभारम्भ गरिएको थियो ।


नेपालगन्ज आर्य समाजले कोरोना महामारी निवारण हेतु ५५ किसिमको जडिबुटी औषधी युक्त गाईको शुद्ध घ्यू आदिले गाडीमा हवन कुन्ड राखेर हवन गर्दै नेपालगन्ज नगर परिक्रमा गराईएको आर्य समाजका सुभाष आर्यले बताउनुभयो ।


मंगलबार आर्य समाजद्वारा आयोजना गरिएको हवन कार्यलाई नेपालगन्ज उपमहानगरपालिका कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी उपरीक्षकको विशेष सहयोग रहेको हुँदा उनको प्रति आर्य समाजद्वारा विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।


मंगलबार आयोजित हवन कार्यक्रमको संयोजक सुभाष आर्य, रंजीत गीरी, प्रमोद सोनी, संदिप गुप्ता, राजकुमार आर्य, विजय आर्य, श्याम शाक्य, राजुमान आर्य, सन्तोष आर्य, सोनु आर्य, बालकृष्ण आर्य हरेकृष्ण आर्य, प्रहलाद आर्य, सन्तोष गुप्ता, अनमोल आर्य, शंकर आर्य, तिलकराम आर्य, राधेश्याम आर्य, रोशन शाक्य, अजय आर्य, सन्दीप वैश्य, निरज आर्य, लगायतहरूलाई समेत आर्य समाज नेपालगन्जले धन्यवाद ज्ञापन गरेको थियो ।

https://youtube.com/watch?v=03yyFMj5H44%3Ffeature%3Doembed

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here