२२ चैत्र, नेपालगन्ज । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने परिपत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको परिपत्रप्रति साप्ताहिक, अद्र्धसाप्ताहिक पाक्षिक सञ्जाल, बाँके जिल्ला कार्यसमिति, नेपालगन्जको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
साप्ताहिक, अद्र्धसाप्ताहिक पाक्षिक सञ्जाल बाँके जिल्ला कार्यसमिति नेपालगन्जका सचिव अजय गुप्त तथा अध्यक्ष अछरी पोखरेलद्वारा शनिवार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी कोरोना महामारी र जेनजी आन्दोलनको कारण आर्थिक संकट व्यहोरिरहेका निजी क्षेत्र सञ्चारमाध्यमलाई सरकारी विज्ञापन माथि रोक लगाउने सचिव स्तरीय निर्णयप्रति यस सन्जाल गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।
सरकारको यस निर्णयबाट निजी क्षेत्रका सञ्चारमाध्यमहरु बन्द भई श्रमजीवी पत्रकारहरुको रोजीरोटी खोसिने स्थिति एकातिर सिर्जना भएको छ भने अर्कोतिर प्रेस सेन्सरसीपको अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा समेत प्रत्यक्ष असर पर्ने साप्ताहिक, अद्र्धसाप्ताहिक पाक्षिक सञ्जाल, बाँके जिल्ला कार्यसमिति, नेपालगन्जको ठहर छ ।
नेपालको संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता, उदारवादी अर्थ नीति र संघीयताको निर्णय तत्काल फिर्ता लिन सञ्जाल सरकारसँग जोडदार माग गर्दछ अन्यथा सञ्जाल स्वतन्त्र प्रेस नियन्त्रण गरी सूचना एकाधिकार लाद्ने सरकारी निर्णय अस्वीकार गर्दै छाता संगठन नेपाल पत्रकार महासंघ लगायतका संगठनहरुका साथ प्रतिवादमा उत्रन बाध्य हुनेतर्फ सचेत समेत यस सञ्जालले गराउन चाहन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here