२७ मंसिर, नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपाल पत्रकार महासंघ बाँके शाखाको नाममा कारण बताउ आदेश जारी गरेको छ ।
नेपालगञ्जबाट विगत २५ वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै वर्तमान समय २६औं वर्षमा प्रकाशित भइ रहेको आजका सामना साप्ताहिकका सम्पादक प्रकाशक अजय कुमार गुप्ताको सदस्यता नविकरण नगरि शाखाको नयाँ नेतृत्व चयनको लागि भोलि शुक्रवार निर्वाचन हुन लागेको समय पत्रकार गुप्ताले बुधवार दिन उच्च अदालत तुलसीपुरमा नेपाल पत्रकार महासंघ बाँके शाखाको विरुद्धमा रिट दायर गरेका थिए ।
बिहीवार दिन उच्च अदालतले– परेको रिटमाथि सुनुवाई गर्दै रिट दर्ता ढिलो गरि परेकोले निर्वाचन नरोक्न सक्ने तर पत्रकार गुप्ताको सदस्यता किन खारेज गरिएको बारेमा नेपम बाँके शाखाको नाममा कारण बताउ आदेश जारी गरेको छ ।
पत्रकार गुप्ता बाँके शाखामा २०५६ सालमा सदस्यता प्राप्त गरि कैयन पटक केन्द्रिय पार्षद र एक पटक शाखाको उपसभापति पदमा समेत निर्वाचित भएका थिए । अहिले उनीको सदस्यता सम्बन्धी विवाद उच्च अदालतसम्म पुगेको छ । उच्च अदालतले गुप्तालाई पुस २२ गतेको तारेख दिएको कुरा जानकारीमा आएको छ ।