४ मंसिर, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’ को इस्लामिक परम्परा अनुसार मंगलवार अन्त्येष्टि गरिएको छ ।
नेपालगञ्ज वडा नं. ४ स्थित कब्रस्तानमा अपरान्ह उनको अन्त्येष्टि गरिएको हो ।
हृदयघातका कारण उनको सोमवार निधन भएको थियो ।
नेपाली कांग्रेस बाँकेले उनको निधनमा शोक ब्यक्त गरेको छ । सभापति नारायणप्रसाद गौडेलले मंगलवार एक शोक बक्तब्य जारी गर्दै दुःख ब्यक्त गरेका छन् ।
सभापति गौडेलले सिद्दिकीको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताए । ‘उहाँ एक कर्मठ, अनुशासित र इमान्दार नेता हुनुहुन्थ्यो,’ गौडेलले भने, ‘कांग्रेस बाँकेले एक जना जुझारु नेता गुमाएको छ, हामी निकै दुःखी छौं ।’
कांग्रेस बाँकेले सिद्दिकीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । उनको सम्मानमा मंगलवार पार्टी कार्यालय बन्द गरिएको र आधा झण्डा झुकाइएको सचिव सुधांशु कोइरालाले बताएका छन् ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले पनि सिद्दिकीप्रति समवेदना प्रकट गर्दै अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै सेवाहरु दिउँसो १ बजेपछि बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here