२ कार्तिक, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले २०८१ असोज महिनामा ३८ लाख ७८ हजार २ सय बराबरको अबैध भन्सार छलिको सामान, २ वटा मोटरसाईकल र ४ जना मानिस पक्राउ गरी सम्बन्धित निकाय पठाईएको जानकारी गराएको छ ।
यस्तै प्रतिबन्धित भारतिय रुपैया रु.५००।– को ६५० ओटा र रु. २००÷– को ३१६ ओटा गरी जम्मा भारतिय रुपैया रु.३,८८,२००।– (ने.रु. ६,२१,१२०÷–) बरामद गरि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको छ ।
ट्राफिक कारवाही तर्फ २६७७ वटा सावरी साधनलाई कारवाही गरी रु.२४,०४,५००।– राजस्व संकलन भएको । अबैध रुपमा भारतबाट ल्याईएका करिव ४,७०,०००÷– मुल्य बराबरको ४७०० वटा ब्रोईलर कुखुराको चल्ला आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंजमा पठाईएको, अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने दुईवटा टिप्परलाई नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाईएकोमा रु.५०,०००।– जरिवाना भएको जनाइएको छ ।
यस्तै जम्मा ११९ वटा मुद्दा दर्ता भएकोमा १०७ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको । २५ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको । ५२ जना फरार अपराधी पक्राउ गरिएको, जसबाट १० बर्ष ११ दिन कैद रु. १,२४,८५९÷– जरिवाना असूल उपर गरिएको । ठाडो उजुरी ६११ वटा प्राप्त भएको ४४७ फर्छौट भएकोमा र ९३ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको जनाइएको छ ।
लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ३६३ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम २८ ट्याब्लेट, ट्रामाडोल ९८ ट्याब्लेट लागू औषध सहित ३० जना ओसारपसार कर्ताहरुलाई कानूनी दायरामा ल्याईएको । हराएका ३ वटा मोटरसाईकल र १ स्कुटर फेला पारि सम्बन्धित धनिलाई बुझाईएको । हराएका २० थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ ।
मिति २०८१।०६।०८ गते नेपाली रूपैया १६,१०,२५५ ÷– र भारतिय रुपैया ५९,५००÷– सहित दुई जना हुण्डि कारोबारी पक्राउ गरि कानूनी दायरमा ल्याईएको । मिति २०८१।०६।२७र २८ गते नाबालिकालाई समुहिक करणी गर्ने ५ जना मानिसलाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको । मिति २०८१।०६।२७ पुरुष ब्यक्तिको घाँटि रेटि टाउको लुकाई फरार रहेका ब्यक्तिलाई ४८ घण्टा भित्र नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको जनाएको छ ।
यस्तै महिला बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान ÷ कारवाही, ११ वटा मुद्दा दर्ता भएकोमा ७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको । घरेलु हिंसा सम्बन्धि ३९ वटा उजुरी प्राप्त भएकोमा २२ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको । हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा २५ वटा निबेदन प्राप्त भएकोमा ९ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको जनाइएको छ ।
समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी ४२ वटा सचेतनामुलक कार्यक्रम मध्ये लागू औषध सम्बन्धि सचेतना ९ वटा, मानव बेचबिखन सम्बन्धि सचेतना ११ वटा, अल्पशंख्यक संग प्रहरी २ वटा, नागरिक सुनुवाई ३ वटा र चोरी सम्बन्धि सचेतना ७ वटा कार्यक्रम संचालन गरिएको । ट्राफिक सचेतना तर्फ १९४ वटा सचेतनामुलक कार्यक्रम ( लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरिएको छ ।
यस्तै बेस्ट पोलिस युनिट अफ द मन्थ कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय चिसापानी, बाँकेलाई २०८१ असोज महिनाको उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको । नेपाल प्रहरी कार्य सम्पादन सम्झौता बमोजिम यस कार्यालयको आयोजनामा शसस्त्र प्रहरी बल ३० नं. गणको सहकार्यकमा संयुक्त भिड नियन्त्रण अभ्यास गरिएको । चार्डपर्व लक्षित सुरक्षा योजना बमोजिम तालिम प्रप्त कुकुरहरुद्वारा बसपार्क, बिमानस्थल र जमुनाहा नाकामा समय समयमा चेकजाँच गरिएको । उत्कृष्ट कार्य गर्ने २३ जना प्रहरी कर्मचारीहरुलाई तिन पुस्तेमा जनिने गरी पुरस्कृत गरिएको । “नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८१” मा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय घोषणा भई प्रहरी महानिरीक्षकबाट प्रमाण पत्र प्रदान गरिएको तथा ६९ औं प्रहरी दिवस २०८१ भव्य रुपमा सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here