१ कार्तिक, नेपालगञ्ज । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व खानेपानी मन्त्री अब्दुल खानलाई भव्यताका साथ स्वागत गरिएको छ ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री सिद्धार्थ आधारभूत विद्यालय हाउपुरका ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरूले भव्यताका साथ बिहीवार स्वागत गरेका हुन् ।
सो अवसरमा विद्यालयमा रहेका विभिन्न प्रकारका समस्याको समाधानका लागि खानले छिटै नेपाल सरकारसंग पहल गर्ने र आफूबाट हुने जति विद्यालयलाई र विद्यालयमा अध्यनरत विद्यार्थी भाई बहिनीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here