२६ असोज, नेपालगञ्ज । असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने नेपालीहरुको महान पर्व विजया दशमी ‘बडा दशैं’ आज श्रद्धाभक्तिपूर्वक मनाइँदैछ ।बडा दशैंको पहिलो दिन गत असोज १७ गते बिहीवार घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरि विजया दशमी पर्व प्रारम्भ भएको थियो ।घटस्थापनासंगै प्रारम्भ हुने यस पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ ।यी नौ दिनमा घर–घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्ने गरिन्छ ।यस वर्षको दशैंको टीकाको उत्तम साइत आज असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।वैदिक सनातन धर्मावलम्बीहरूले दशैँको आशिर्वादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन । यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।यी टीका, जमरा अनि रमाइलोको वातावरण दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here