१५ असोज, नेपालगञ्ज । बाँके प्रहरीले २१ लाख बढिको सामानहरु बरामद गरेको छ ।
सोमवार जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानीमा प्रयोग भएको सवारी साधन सहित जम्मा अन्दाजी मुल्य रु. २० लाख ८८ हजारबराबरको सामानहरु बरामद गरिएको छ ।
यसका साथै नेपालगञ्ज १ धम्बोझीबाट कुर्तासुरवाल र बच्चाको जुत्ता सहित अन्दाजी मुल्य ४९ हजार ७ सय बराबरको सामान फेला पारी जम्मा रु. २१ लाख ३७ हजार ७ सय बराबरको सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here