१४ असोज, नेपालगञ्ज‘अल्पसंख्यकसँग प्रहरी कार्यक्रम’ अन्तर्गत सोमवार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजनमा आयोजित ‘अल्पसंख्यकसँग प्रहरी कार्यक्रम’ अन्तर्गत पहिचान गरिएका अल्पसंख्यक समुदाय (रैदास, चमार, बाल्मिकी)सँग जातिय भेदभाव तथा छुवाछुत, समाजका समसामयिक घटनासँग सम्बन्धित रही छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्र.उ. तुल बहादुर कार्की तथा डुडुवा गा.पा.वडा नं.४ का वडा अध्यक्ष सगिर खाँको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here