१० असोज, नेपालगञ्ज । बाँके प्रहरीले दुई लाख बढिको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा. वडा नं. ४ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको सामान बुधवार बरामद गरिएको हो ।
करिब २ लाख २४ हजार ७ सय मूल्य बराबरको कटन सुट, लेडिज सारी, उलन कुर्ता, बर्को र मखमलको कपडा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here