३१, भाद्र, नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैह वसल्लमको १४९९औं शुभजन्मोत्सव ईद–मिलाद्दुन्नबी अर्थात मोहम्मद डे आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन (सन् ५७१ अप्रिल २२ मा) बुवा अब्दुल्लाह तथा आमा आमिनाको कोखबाट साउदी अरबको मक्का शहरमा भएको थियो यसै दिनको सम्झनामा विश्वभरका इस्लाम धर्मावलम्बीहरुले भव्यताका साथ विविध कार्यक्रम गरी हजरत मोहम्मदको शुभ जन्मोत्सव मनाउने गर्दछन् ।
यस अवसरमा आज बिहान विभिन्न मस्जिद, मदरसामा अध्यनरत बालबालिका तथा इस्लाम धर्मावलम्बीहरु सम्मिलित झाँकी सहितको ¥यालीले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
¥याली समापनपछि नगरका विभिन्न मस्जिद, मदरसाहरुमा पैगम्बर मोहम्मदको जीवनीमाथि आधारित प्रवचन कार्यक्रमको आयोजना गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here