१४ भाद्र, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सञ्चालन भएको ५ दिने तालिमको समापन भएको छ ।
भाद्र ९ गतेदेखि १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेमा सञ्चालन भएको ५ कार्य दिन अबधिको ‘नागरिक मैत्री सेवा तथा मानव अधिकार बिशेष’ तालिम शुक्रवार समापन भएको हो ।
प्र.ब.ह.।प्र.ह.।प्र.स.ह.।प्र.ज. लक्षित विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत तालिमको समापन जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले गरेका थिए । उनले तालिममा सिकेका ज्ञान तथा कौशललाई कर्म क्षेत्रमा पालना गर्न निर्देशन समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here