१४ भाद्र, नेपालगञ्ज । मानवसेवा आश्रमको १२औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा जनपद प्रहरी, सशस्त्र प्रहरी र ६ जना स्काउट सहित ३३ जनाले बिहीवार रक्तदान गरेका छन् ।
मकवानपुरमा केन्द्रिय कार्यालय रहेको मानव सेवा आश्रमको नेपालगञ्जस्थित सेवा आश्रमले पनि आश्रमको परिसर भित्र रक्तदान कार्यक्रमको आयोजना गरेको हो । १९ जिल्लाका २४ वटा शाखा कार्यालयबाट बिहीवार एकसाथ रक्तदान गरिएको छ । देशभरका २४ शाखामा १ हजार ८ सय जना असहाय रहेको छ भने नेपालगञ्ज स्थित मानव सेवा आश्रममा ५५ जना असहायहरु आश्रित रहेको नेपालगञ्ज शाखाका प्रमुख उर्विन सापकोटाले जानकारी दिए ।
नेपालगञ्जस्थित मानव सेवा आश्रममा आश्रित बेसहाराहरुको लालन पालन, स्वास्थ्य लगायतका सेवा गर्दै सडकपेटिमा अलपत्र परेका असहाय, अशक्त, बेसहारा, अभिभावक तथा आमाबुवाबिहिन व्यक्तिलाई मानव सेवा आश्रमले सहारा दिँदै आएको छ । आफ्नो स्थापनाको १२ औं वर्षमा आउँदासम्म विभिन्न क्षेत्रमा मानवीय कार्य गरिरहेको र त्यसै अन्तर्गत विभिन्न अस्पतालमा आउने विरामीलाई सँधै रगतको अभाव भोग्नु परेकोले रक्तदान गरिएको सापकोटाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख सापकोटाले दिएको जानकारी अनुसार विहान ९ बजेदेखि अपरान्ह १२ बजेसम्म नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं. १० स्थित मानव सेवा आश्रम नेपालगञ्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा आश्रमका प्रमुख उर्बिन सापकोटा, इन्जीनियर बिप्लव राज श्रेष्ठ, बीर बहादुर रोका, राम औतार शर्मा, दामोदर शर्मा, मिलन बिसी, अनिल नेपाली, नारायण प्रसाद मल्ल, सिद्धान्त नेपाल, बर्मलाल खत्री, प्रकाश थापा, सचिता सापकोटा, उमेशराज जैसी, अनुराग पाण्डे, रुपा बिक, सुष्मिता खत्री, हरि बहादुर गौली, यशोदा ओली, मोती कुमारी केसी, चन्द्रलाल जैसी, राजेश शर्मा, तिर्थराज ओली, हेमा सुनार, रेखा देवकोटा, प्रकाश चौधरी, धन कुमारी बुढामगर लगायतले रक्तदान गरेका थिए । त्यसैगरि नेपाल स्काउट जिभिएन स्काउट क्रूका प्रमुख आयुक्त प्रतीक खड्काका अनुसार धर्मेन्द्र राजकोटी मगर, मनीराम जैसी, आशीष कुमार थारु, पुष्पा खनाल, रेनुका ऐरी, प्रतिक सेनले रक्तदान गरे ।
उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, प्रशान्त तिवारी, नबिस्ता राना, केशर सिंह डाँगी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
समाजसेवी तथा जग्गादाता जेके सिंह, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ नगर समितिका अध्यक्ष मनोजराजा श्रीवास्तवले प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको उक्त रक्तदान कार्यक्रममा नेपाल स्काउट जेभीएन स्काउट क्रिउका प्रमुख आयुक्त प्रतीक खडका, प्रकृति बोगटी, अर्पना आचार्य, पूर्णिमा आचार्य, प्रकृति काफ्ले, रेनुका ऐरी, रेजिना थापामगर, बविता खडका, प्रतिक सेन, मनिराम जैसी, धमेन्द्र राजकोटी लगायतले सहयोग गरेका थिए ।
कार्यक्रममा आश्रमका अभिभावक विष्णु प्रसाद मैनाली, शतक रक्तदाता पवन जायसवाल, मानव सेवा आश्रम नेपालगञ्जका पदाधिकारी, स्वयम्सेवक, कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी लगायत करीब दुई दर्जन बढीको सहभागिता रहेको थियो ।
यसैगरी सोही दिन एकल महिला द्वन्द पीडित संघ बाँकेले आयोजना गरेका रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here