१० भाद्र, नेपालगञ्ज । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्णको जन्म आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट भएको मान्यता छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
सो समय राजा कंश लगायतको धेरै नै अत्याचार थियो । यस्तो पापाचारको अन्त गर्न भगवान श्रीकृष्णको अवतार भएको थियो ।
देवकीको कोखबाट जन्मेको पुत्रले कंशको अन्त गर्ने छ यो भविष्यवाणी रहेकोले कंश देवकीको कोखबाट जन्मेकी कैयन छोरीको हत्या गरी सकेको थियो । जब अन्तिम कन्याको जन्म भयो सो समय कंशले त्यसको पनि हत्या गर्ने प्रयास गरे यस समय सो कन्या विलिन हुँदै भनिन्, हे कंश श्रीहरि विष्णुको कृष्णको रुपमा अवतार भइसकेको छ उनीले छिट्टै नै तिम्रो वद्य गर्नेछन् । यस समय कंश धेरै नै आक्रान्त बनी त्यस दिन जन्मेको पुरै बालकको हत्या गरायो तर श्रीकृष्ण बाँचे । बालक श्रीकृष्णको हत्या गर्न कंशले पुतना नामको राक्षसी पठायो तर श्रीकृष्णले उनीको स्तनको दूध चुसी–चुसी ज्यानलेनै मारी दिए ।
भगवान श्रीकृष्णको जीवन बडो संघर्षमा व्यतीत भएको थियो । जरासंधसँगको युद्धमा उहाँलाई रणक्षेत्र छाडी भाग्नु परेको थियो यस कारण उहाँलाई रणछोड पनि भन्ने गरिन्छ ।
उहाँलाई जन्म माता देवकीले दिएपनि लालनपालन भने माता यशोदा र नन्दबाबाले गरेका थिए । जब कौरवहरुको अत्याचार बढ्यो त्यस समय पाण्डवहरुलाई न्याय दिलाउन महाभारत युद्ध भयो । यस समय उनी अर्जुनको सारथी बने । गीताको ज्ञान महाभारत युद्धको समयमा सम्पूर्ण मानव जातिलाई नयाँ दिशा देखाउन गीताको ज्ञान अर्जुनलाई दिएका थिए ।
यस अवसरमा नगरको विभिन्न मन्दिर लगायत त्रिभुवन चोकमा झाँकी सहितको धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी हर्षाेल्लासपूर्वक मनाइँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here