२ भाद्र, नेपालगञ्ज । बाँकेको. खजुरामा रहेको सुशील प्रखर क्यान्सर हास्पिटलमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेको आयोजनामा २२ जना युवाहरुद्वारा रक्तदान गरिएको छ ।
रक्तदान कार्यक्रम सुमन पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता युवराज शाहीले गरेका थिए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष तारा सिंह थारु, युवराज शाही लगायतले रगत संकलन गर्ने पाकेट नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई हस्तान्तरण गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा भिम बहादुर सिंह, सर्जन रोकाया, अर्जुन बुढाक्षेत्री, बीरेन्द्र बहादुर पुन, काशीराम थारु, डम्बर बहादुर कुनवार, सुमन पौैडेल, जगदीश प्रसाद यादव, धर्म प्रकाश जायसवाल, तिलक राना मगर, अनिल गाहमगर, धर्मदेव गिरी, भूपेन्द्र सुनार, शिवराज वर्मा, दिल बहादुर खडका, सरिता शाही,युवराज शाही, लक्ष्य खडका, मनोज सुनार, मोहन थारु, अनिल थारु, खुम बहादुर पुन लगायत २२ जनाले स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
कार्यक्रममा सुशील प्रखर क्यान्सर हास्पिटल खजुरामा रहेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, महेश राना क्षेत्री, पुनम राना, शंकर पुन , श्रृष्टि गौतम, शर्मिला रोकायाले प्राविधिकमा सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here