१३ जेठ, नेपालगन्ज । प्रहरीले अवैध भन्सार छलिको अटो पार्टस् बरामद गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं.१० गणेशमान चोक नजिक वडा प्रहरी कार्यालय, नेपालगन्जबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा रहेको अटो पार्टस् सोमवार बरामद गरेको हो ।
करिब २ लाख ५० हजार मूल्य बराबरको अटो पार्टस्को सामानहरु फेला पारी आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ ।






