१७ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले अवैध भन्सार छलीको सामान सहित गाडी र मानिस नियन्त्रणमा लिएको छ ।
बिहीवार बिहान करिब ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध भन्सार छलीको सामान सहित गाडी र मानिस नियन्त्रणमा लिएको हो ।
नेपालगञ्ज उ.म.न.पा. ४ बसपार्क नजिकैबाट अवैध सामानहरु चिनी १६०० के.जी. प्रति के.जी. ६० को दरले मूल्य रु.९६ हजार, स्वाड खाने तेल ८४ पेटी प्रति पेटी १४०० को दरले मूल्य रु. १ लाख १७ हजार ६ सय र लु १ च ६९७० न.को मूल्य रु .७ लाख पर्ने बोलेरो गाडी गरी अन्दाजी मूल्य जम्मा रू.९ लाख १३ हजार ६ सय मूल्य बराबरको सामान तथा उक्त गाडी र गाडी चालक भिम बहादुर डि.सी. लाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here