१५ श्रावण, नेपालगञ्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१२ वाईन डाईन कटेज स्थित सहयात्री नेपाल बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा मंगलवार अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, अथिति जिल्ला प्रहरी कार्यालय बाँके को प्रहरी नायब उपरीक्षक नारायण डाँगी, समाजसेवी, भद्रभलादमी, विभिन्न संघसंस्थाका पदाधिकारीहरु र मिडियाकर्मी गरि करिब ६० जनाको उपस्थितिमा अन्तराष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसको अवसरमा मानव बेचबिखन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here