५ श्रावण, नेपालगञ्ज । रोयल फिटनेश जोनद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले शनिवार उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।
नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित नेपाल मानव धर्म सेवा समितिका भेरी राप्ती क्षेत्रीय उपाध्यक्ष मंगल जिएमद्वारा सञ्चालित, द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामाको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल मानव धर्म सेवा समितिकी महात्मा चन्द्रकान्ता बाईजीले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन् ।
आयोजित रक्तदान कार्यक्रममा एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके, मनकामना आयुर्वेद, शर्मिला आल्मुनियम सप्लायर्सको सहकार्यममा सम्पन्न रक्तदान कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामा, एकता युवा क्लबका अध्यक्ष राजेश यादव, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय जानकी गा.पा. वार्ड नं.–५ गुरुवा गाउँकी प्रधानाध्यापक सन्ध्या शर्मा, धमेन्द्र शाही, बिक्रम हरिजन, अशोक कुमार मगर, बिशाल सलामीमगर, सागर बिष्ट, फत्तेहसिंह थारु, बिशाल जिएम, रुपेश दुलाल, भीम पोखरेल, बसन्त पौडेल, पंकज भुषाल, पूर्ण बहादुर चन्द, अभय भुषाल, सबी गुरुङ्ग, सञ्जु लामा गुरुङ्ग, दिनेश सलामीमगर, शुसान्त चन्द ठकुरी, बोलु जिएम, राहुल गुरुङ्ग, बिशाल केसी, रुबिना मल्ल, दिनेश मल्ल, दिनेश कापmले, बिजय पाठक, अशोक कुमार गुरुङ्ग, दिपेन्द्र खडका, रोशिला आचार्य, आरोही पशुपति ट्रेडर्सका सञ्चालक प्रवेश अधिकारी, हेमन्तराज महत, कमलेश साह, बिबेक ओली, देवेन्द्र सिंह ठकुरी, सन्दिप गुरुङ्ग, दिवाकर खत्री, बीरेन्द्र गहतराज, अनुरोध नीलसागर, गौरब घर्तीमगर, महेन्द्र आचार्य, भावना पौडेल, मनकामना आयुर्वेदका लक्ष्य बहादुर बिक, बिरजन रिजाली, जावेद गद्दी, सर्वेश शर्मा, अजय साहु, राजेश कठायत, रेशमलाल थारु, माया बुढामगर लगायत ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामीमगर, सुभाष रावत, टंक साउद, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here