२५ असार, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर पालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा आरम्भ गरिएको लागूऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान–२०८१ को मंगलवार समिक्षा प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
उक्त अभियान अन्तर्गत गरिएको निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गरिएको छ ।
साथै उक्त अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने एफडिडिआर नेपाल बाँके शाखा र नेपालगञ्ज उपमहानगरपालिका स्तरीय बाल क्लब संजाललाई प्रशंसा पत्र हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here