२३ असार, नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई–फाइभ आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।
ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई–फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो।
चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई–फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको ओमोडा नेपालका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले जानकारी गराए । उनका अनुसार ओमोडा ई–फाइभ नेपालभर ३५० भन्दा बढी भित्रिसकेका र नेपालगञ्जमा पनि करिब १३ वटा गुडिरहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ओमोडा ई–फाइभलाई सार्वजनिक गरेका हुन । नेपालगञ्जका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको सिद्धार्थ टेक प्रा.लि. ले यो गाडीको मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले नेपालमा सुरुवाती चरणमा ई–फाइभ मोडेलको लङ रेन्ज भेरियन्ट ल्याएको कार्यक्रममा बताइएको छ । ओमोडा ई–फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३०, उचाइ १५८८ र ह्वीलबेस २६३० एमएम रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । एक पटकको चार्जमा ५१० किलोमिटर रेञ्ज दिने यो गाडीले सून्यदेखि १०० किलोमिटरको गति ७.६ सेकेन्डमै पकड्ने कम्पनीको दाबी छ ।
६१ किलोवाट ब्याट्री क्षमतामा आएको ओमोडा ई–५ उत्कृष्ट ९९ किलोवाटपावर सहित लग्जरियस् सुविधामा आएको छ ।
यसको टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।
यसको बाहिरी एक्स्टेरियरमा, एक्स–आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, टी–आकारको डेटाइम रनिङ हेडलाइट सहित अत्याधुनिक र मनमोहक डिजाइन छ ।
भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ ।
यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो गाडीमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ ।
६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको मोटर उपलब्ध गराएको छ । फास्ट चार्जरमार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।
ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि यो गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ ।
गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिनेछ ।
यसमा कम्पनीले सात ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ यो गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।
महाप्रबन्धक चन्दले नेपालमा अबको १५ दिनमा विभिन्न ठाँउमा कम्पनीको आफ्नै फास्ट चार्जिङ स्टेशन समेत सञ्चालन गर्ने तयारी रहेको बताए ।
सिद्धार्थ टेक प्रा.लि.का प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठले शनिवार लञ्चिङको क्रममा बुकिङ गर्ने ग्राहकलाई ५० हजार क्यास ब्याक गर्ने उत्कृष्ट अवसरको घोषणा समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here