१० असार, नेपालगञ्ज । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।
गाउँपालिकाको सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधेयक, नीति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
संघिय सरकारको वित्तिय समानिकरण अनुदानतर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाँडफाड रु १० करोड ८४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाँडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, सशर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको बजेट प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतको विषयलाई समेटेर टेवा पु¥याउने उद्देश्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सभामा विधियेक समितिका संयोजक शम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८१ प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । सोमवारको सभामा गणपुरक संख्या २७ जनाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here