१० असार, नेपालगञ्ज । प्रहरीले अबैध भन्सार छलिको सामान बरामद गरेकोछ ।
नेपालगंज उप-महानगरपालिका वडा नं.१ धम्बोजी शिवमन्दिर नजिकबाट अबैध भन्सार छलिको सामान आईतबार बरामद गरिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालमा भन्सार छलि चोरी पैठारी गरी अबैध रूपमा ल्याईएका करिब १ लाख ६१ हजार ८ सय मूल्य बराबरको सामानहरु
फेला पारी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगंजले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here