३ असार, नेपालगन्ज । नगरमा स्वच्छ तथा हराभरा बातावरणको व्यवस्थाका बारेमा नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गरिएको छ ।
नेपालगन्ज–७ निवासी जिज्ञासा तिवारी, कोहीनूर मल्ल, कृष्ण बढही, अरुणकुमार तिवारी, रामकुमार कलवारले आईतवार नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गर्नुभएको हो ।
नेपालगन्जमा बातावरण संरक्षणका लागि के कस्तो योजना रहेको छ, उक्त योजना कहिले कार्यान्वयन हुने, सडक बनाउदा रुखहरु रोप्ने, र रुख काट्नेलाई कास्तो किसिमको कारवाही भएको हो ? गर्मीको मौसममा विशेष गरि छाडा चौपायाका लागि के कस्तो व्यवस्था भएको हो ? उक्त सूचना माग गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ दफा ३ अनुसार सबैले थाहा पाउनुपर्ने अधिकार अन्र्तगत सूचना माग गरिएको हो ।
गर्मी बढदै गएपछि दैनिक जिवन निकै कष्टकर बनेको छ । गर्मी उच्च भएपछि नेपालगन्ज बजारमा रुख विरुवाको छहरीको अभावले मानिसहरुलाई विश्राम गर्न समस्या भएको छ ।
शुद्ध खानेपानी, छहरी, र विश्राम स्थाल अभावका करण सर्बसाधारणलाई समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here