३२ जेठ, नेपालगञ्ज । विभिन्न किसिमका लागु औषध शुक्रवार नष्ट गरिएको छ ।
चालु आ.ब. २०८०।०८१ को हालसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेमा लागू औषध मुद्दा दर्ता भई बरामद गरिएको लागू औषध मध्ये अनुसन्धान अधिकारीको लागि नमुना छुट्याईएको लागु औषध नष्ट गरिएको हो ।
ब्राउन सुगर ९० ग्राम ८०० मिलिग्राम, कोरेक्स २०० एम.एल., नाईट्रोजेपाम २५ ट्याबलेट तथा गाँजा ६ ग्राम शुक्रवार विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बाँकेमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here