नेपालगन्ज– माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

बोर्डले एसइई जेठ १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकाल्दै परीक्षा स्थगित गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here