२७ फागुन, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके मातहातका सबै प्रहरी युनिट ईन्चार्जहरुलाई आइतवार ब्रिफिङ गरिएको छ ।
सुरुमा जिल्ला स्थित मातहतका बिभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुबाट आफ्नो ब्इच् भित्रको जिम्मेवारी, काम कारबाही, बस्तुस्थिति र शान्ति सुरक्षाको बारे जिल्ला प्रहरी कार्यालय, बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराले जानकारी लिएका थिए। साथै बदलिँदो परिस्थितिमा देश र जनताको पक्षमा कसरी अझ बढि काम गर्न सकिन्छ भन्ने कुरामा मातहतका प्रहरीहरुलाई निर्देशन दिने कार्य पनि भएको थियो ।
संगठन प्रमुख प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँबर र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबाट भएका नीति निर्देशनहरुको बारेमा कार्यालय प्रमुख बोहराबाट उपस्थित सबै प्रहरी कर्मचारीहरुलाई जानकारी गराउनुको साथै उक्त कुराहरुलाई अक्षरस पालना गरि कार्यान्वयनको चरणमा प्रहरी काम कारबाही त्रुटिरहित ढंगबाट सम्पादन गर्न निर्दैशन समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here