३ फागुन, नेपालगञ्ज । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वमा खटि गएको टोलीले प्रयास नेपाल नेपालगञ्ज–१०, नव किरण पुनस्र्थापना केन्द्र नेपालगञ्ज–१० तथा प्रेरणा पुनस्र्थापना केन्द्र नेपालगञ्ज–१० को अनुगमन गरेको छ ।
अनुगमनको क्रममा ३ वटै केन्द्रले गृह मन्त्रालयबाट आबद्धता प्रात गरेको र आधारभुत मापदण्ड पूरा गरेको पाइएको
छ ।
प्रयोगकर्ताहरुबाट आर्थिक अवस्था हेरि न्युनतम रु ६००० देखि रु १५००० सम्म सेवा शुल्क उठाउने गरेको र अनुगमन हुँदाका बखत तिनवटै केन्द्रबाट कुल ७६ प्रयोगकर्ताहरुले उपचार सेवा लिइरहेको पाइएको छ ।
सरसफाई, पुस्तकालय सुबिधा, गुणस्तरिय चिकित्सकिय सुबिधा र सुरक्षा जस्ता बिषयहरुमा अझ बढि संवेदनशिल भै जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
लागू औषधको उपभोग र कारोवारको दृस्टिकोणबाट बांके जिल्ला नेपाल कै आठौं संवेदनशील जिल्लाको रुपमा रहेको छ । पश्चिम नेपालको मुख्य ब्यापारिक नाका भएको, ६५ किमि खुल्ला सिमा भएको र आसपासका भारतिय सिमावर्ति बजारहरुमा लागू औषध सजिलै उपलब्ध हुने भएकोले पनि यसै भुगोल मार्फत पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा लागू औषध पुग्ने गरेको आशंका गर्ने गरिन्छ ।
चालू आ.व.को ७ महिनामा लागू औषधको सेवन, कारोवार सम्बन्धी ३७ वटा मुद्दा दर्ता भएको छ भने ५१ जना कारोवारीलाई प्रतिबादी बनाईएको छ ।
लागू औषध प्रयोगकर्ताहरुको संख्या अन्य जिल्लाको तुलनामा बढि भएकै कारण उपचार तथा पुनस्र्थापना केन्द्रको संख्या पनि बढी नै छ ।
२२ वटा उपचार केन्द्र दर्ता भएको पाईए पनि सेवा संचालन भने २० वटाले गरिरहेका छन् ।
२० वटा मध्ये महिला प्रयोगकर्ताहरुलाई मात्र लक्षित गरि एउटा उपचार केन्द्र संचालन भैरहेको छ । हाल नवदृष्टि महिला उपचार तथा पुनस्र्थापना केन्द्रमा २३ जना महिला लागू औषध प्रयोगकर्ताहरुले सेवा लिइरहेका छन् ।
लागू औषध प्रयोगकर्ताहरुको उपचार तथा पुनस्र्थापना को लागि संचालनमा रहेका केन्द्रहरु गृह मन्त्रालयद्वारा स्वीकृत कार्यबिधि अनुरुपको मापदण्ड अनुसार संचालन भएका छन् छैनन भनी बुधवारदेखि अनुगमन थालिएको तथा आउने दिनहरुमा पनि अनुगमन निरन्तर जारी रहने प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here