१० माघ, नेपालगञ्ज । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले बुधवार एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् ।
बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगर पालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताए । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रुपमा पनि छुट्याउने योजना छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । त्यस अवसरमा उपप्रमुख राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here