२१ पौष, नेपालगञ्ज । बढ्दो शितलहरलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय बाँकेले नगरको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
नेपालगञ्जका बिभिन्न स्थानहरु बागेश्वरी मन्दिर, चौलिक्का चोक, भेरी हस्पिटल अगाडि, चारवाहिनी चोक, मानव सेवा आश्रम, निलसागर सेवा आश्रम लगायतका स्थानहरुमा बढ्दो शितलहर तथा चिसो मौसमलाई मध्यनजर गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
बाँके जिल्लाको सुरक्षा समिति
(प्र.जि.अ., नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग) द्वारा आगो ताप्नका लागि विभिन्न स्थानमा दाउरा बितरण गरिएको छ ।