२४ भाद्र, नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ११०औं जन्मजयन्ती नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नेपाली कांग्रेस बाँकेले आइतवार बिहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो । पार्टी सभापति गौडेलले महामानव वीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा बोल्दै गौडेलले बीपी कोइरालाको चिन्तनले मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै वीपी विचारबाट दिग्भ्रमित हुन नहुनेमा जोड दिए । नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचार नै अनुकरण गरिरहेको भन्दै गौडेलले वीपी नेपाली राजनीतिका महान विचारक भएको बताए । कांग्रेस र कांग्रेसजनले वीपीले अघि सारेको गरेको आदर्श भूल्न नहुने गौडेलको भनाई छ ।
यस्तै कांग्रेस बाँकेले ’वीपीको समाजवाद र आजको सन्दर्भ विषयक’ विचार गोष्ठीको पनि आयोजना गर्यो । सभापति गौडेलको सभापतित्व एवम् पूर्व मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न विचार गोष्ठीमा नेताहरु हेमन्त कर्माचार्य, अशोक बस्नेत र प्रल्हादबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख अतिथि हमालले वीपी कोइराला राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक र चिन्तक भएको बताए । उनले वीपीको समाजवादलाई व्यवहारमा लागू गर्न सके मुलुकले काँचुली फेर्न समय नलाग्ने बताए । आदर्शमा समाजवाद भएपनि व्यवहारमा हुन नसकेको भन्दै हमालले पार्टी बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँड्नुपर्नेमा जोड दिए ।
दिवसकै अवसरमा तरुण दल बाँकेको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here