२१ भाद्र, नेपालगञ्ज । डुडुवा गाउँपालिकाले राजश्व अनलाइन प्रर्णाली सेवा शुरु गरेको छ । नेपाल सरकारको अधिकारिक पोर्टल अनुसार संचित कोष व्यवस्थापन प्रर्णाली लागु गरेको हो ।
यो सेवा शुरु भएपछि अब गाउँपालिकाका सबै राजश्व अनलाइनमार्फत संकलन हुने गाउँपालिका लेखापाल नारायण प्रसाद सापकोटाले बताउनुभयो । लेखापाल सापकोटका अनुसार गाउँपालिका अन्र्तगत सिफारिस, दस्तुर र सबै राजश्व संकलनको कार्य अब अनलाइनमार्फत गरिनेछ । यो सेवा शुरु भएपछि आर्थिक कारोबार सरकारी अन्र्तगत सम्वन्धित सबै निकायले प्रत्यक्ष रुपमा हेर्न सक्ने छन ।
बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये यो सेवा शुरु गरेको डुडुवा दोस्रो रहेको छ । पहिलो खजुरा र दोस्रोमा डुडुवाले यो सेवा संचालनमा ल्याएको हो । अरु स्थानीय तहले निजी सफट्वे्यरमार्फत रसिद काटदै आएका छन । यो प्रर्णाली लागु भएपछि अब राजश्वको रकम दुरुपयोग, रकम जम्मा गर्न ढिलाई, दाहोरो विलिङ्गको समस्या अन्त्य हुने विश्वास लिइएको छ ।
पालिकाको राजश्व संकलनको कार्यलाई चुस्त दुरस्त र आर्थिक पारदर्शितामा यो सेवाले प्रभावकारी कार्य गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले यो सेवाले सेवाग्राहीलाई सहजतासंगै छिटो छरितो र गुणस्तरिय सेवा प्रदान गर्ने बताउनुभयो ।
यो प्रर्णालीमार्फत संकलित राजश्व तत्काल बैंक खातामा जम्मा हुनेछ । पालिकाका ६ वटै वडाका वडसचिव लगायतका कर्मचारीलाई सेवा संचालन गर्ने बारेमा दुई दिने तालिम समेत प्रदान गरिएको थियो । गाउँपालिकाको ६ वटा वडा र गाउँपालिका कार्यालयमा विहीबारदेखि अनलाइन सेवाको शुरुवात गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here