नेपालगन्ज २१ भदौ । बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिनप्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट नेतृत्वको समुहले बाँके निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीमार्फत बन तथा वाताबरण मन्त्रीलाई बिहीवार ज्ञापनपत्र पठाइएको छ ।
बायु प्रदुषण नेपाल विश्व कै तेस्रो स्थान रहेको सन्दर्भमा नेपाललाई नै स्वच्छ सफा वातावरण मैत्री बनाउनका लागि र नेपालको सविधानको धारा १६ मा सम्मान पुर्वक बाच्न पाउने हक धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ भई बाच्न पाउने हक छ भनि वातावरणको हकको बारेमा व्यवस्था गरेको छ ।
वायु प्रदुषण न्युनीकरणका लागि नेपाल सरकारसंग तपसिलका माग गरिएको छ ।
१ सर्वाेच्च अदालतबाट स्वच्छ हावा र वातावरण सरंक्षणको बारेमा भएका फैसलाहरु मैत्री बातावरण कानुन नियम बनाई लागु गर्नुपर्ने ।
२.नेपाल भरी कम्तीमा हप्ताको एक दिन शनिवार पेट्रोलियम पदार्थबाट चल्ने सरकारी सावारी साधन (अत्याआवश्यक सावारी साधान बाहेक ) हरु बन्द गर्ने ।
३.रुख बिरुवाहरु बढी मात्रामा रोप्न प्रोत्साहित गर्नुपर्ने ।
४.विकास निर्माण बाटो बनाउदा धुलो न उडने पानी हल्ने व्यवस्था गर्नुपर्ने ।
५.वातावरण सरंक्षण सम्वर्धनको जनचेतनाको कार्यक्रम गर्नुपर्ने ।
६.उद्योग कलकारखानाबाट निस्कने धुवा धुलो मापदण्ड अनुसारको उचित ब्यबस्थापन गर्नु पर्ने ।
बाँके जिल्लामा समेत वायु प्रर्दुषण बढी भएकाले सम्वन्धित निकायको ध्यान केन्द्रीत हुनुपर्ने अभियन्ता विश्वजित तिवारीको जोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here