२१ जेठ, नेपालगन्ज । बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण गरिएको छ ।
कोहलपुर नगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित एकदिने अनुशिक्षणमा सूचना, सूचनाको हक, यसको प्रयोग, उपयोगिता, फाइदा र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो ।
अनुशिक्षणमा नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य र विभिन्न शाखाका प्रमुखलगायत ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई र पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गरेका थिए ।
अनुशिक्षण समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले सूचनाको हकको प्रयोगले सुशासन, पारदर्शितामा मद्दत पुग्ने विश्वास गर्दै यसको कार्यान्वयनमा जोड दिइन् । उनले कोहलपुर नगरपालिका सूचनामैत्री भएको दाबी गर्दै अझै सूचनाको प्रवाह प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।
सूचना अधिकार समुह कोहलपुरका संयोजक जयसिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरपपालिका प्रेस सल्लाहकार प्रियास्मृति ढकालले गरेका थिए ।
कार्यक्रम सूचनाको हकको कार्यान्वयनका सन्दर्भमा आएका समस्या तथा चुनौतीबारे छलफल गरिएको थियो ।
त्यस अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा सुशासन प्रबद्र्धनमा योगदान गरेका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्टाफ नर्स समिक्षा रावतलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here