२८ चैत्र, नेपालगञ्ज । राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजोदेखि सुरु भएको बन्दसत्र आज पनि जारी छ ।
सोमवार उद्घाटन समारोह पश्चात राती सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भईरहेको संघका प्रवक्ता माहाराज गुरुङले बताए ।
उनका अनुसार, बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेश गरेको प्रतिवेदनमाथि प्रतिनिधिले छलफल गरी पास गर्ने कार्ययोजना रहेको छ । बन्दसत्रमा नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल लगायतका नेताहरु रहेका छन् ।
महाधिवेशनमा भाग लिन देशभरबाट आएका दुई हजार बढि युवा प्रतिनिधि नेपालगञ्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ । बन्दसत्र लगत्तै नेतृत्व चयन प्रक्रिया सुरु हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here