५ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको छ ।
१२ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी सहभागी छन् ।
नगरका २५ सामुदायिक र ५३ संस्थागत गरी ७८ विद्यालय सहभागी परीक्षा चैत १३ गतेसम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । विहान ८ बजेदेखि सुरु हुने परीक्षामा पहिलो दिन आइतवार अंग्रेजी विषयको परीक्षा लिइएको छ ।
सबै परीक्षा केन्द्रहरुको विहान अनुगमन पनि गरिएको थापाले बताए । नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, महाशाखा प्रमुख थापा, शिक्षा समिति सम्बद्ध लगायतले परीक्षा केन्द्रहरुमा पुगी अनुगमन गरेका थिए ।
पहिलो दिनको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थापाले जानकारी दिए । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिएको थापाको भनाई छ । २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here