नेपालगञ्ज, चैत २ । विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई बाँके युनेस्को क्लबले चारदिने तालिम सञ्चालन गरेको छ । विहिबार नेपालगञ्जमा सो तालिम शुरु भएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने बताउनुभयो । सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मानवबेचविखन रोक्न सक्रिय रहेका युवा अभियन्तालाई प्रदान गरिने यो तालिम निकै अहम रहेको बताउनुभयो । सो तालिममा खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरका ३० जना युवा अभियन्ताको सहभागिता रहेको छ भने तालिमको प्रशिक्षकमा वरिष्ठ बालअधिकारकर्मी आशिष बर्मा रहनु भएको छ । चारदिनसम्म चल्ने सो तालिममा विशेषगरि विपद र आपातकालिन अवस्थामा बाल संरक्षण कसरी गर्ने, बेचविखन, दुव्र्यवहार, बालविवाह रोक्न के के गर्नु पर्ने तथा बाल अधिकारका लागि के के गर्नु पर्ने जस्ता विषयमा सहभागिहरुलाई तालिम दिने प्रशिक्षक बर्माले बताउनुभयो । सो अवसरमा परियोजनाका कार्यक्रम अधिकृत विनिता आरसी र फिल्ड सुपरवाइजर शंकरसिंह थारुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here