१९ फागुन, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका अर्जुन सुवेदीलाई शुक्रवार एक कार्यक्रमकाविच स्वागत गरिएको छ ।
यस अघि खजुरामा कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्याय सुचना तथा संचार मन्त्रालयमा सरुवा भई गएपछि शुक्रवार हाजिर हुन खजुरा गाउँपालिकामा सुवेदी आएका हुन् । प्रमुख प्रशासकिय अधिकृत सुवेदीलाई फूल र खादाले खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर २ का वडा अध्यक्ष धनीराम वली, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोका, वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेख, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
स्वागत गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले समग्र खजुराको विकास गर्ने सवालमा सकारात्मक भई कार्य सम्पादन गर्नेमा विस्वस्थ रहेको बताए । सुवेदी यसअघि राजापुर नगरपालिका बर्दियाको प्रमुख प्रशासकीयको रुपमा कार्यरत थिए ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले लगनशिलताका साथ काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here