२९ माघ, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज महोत्सवमा भएको घटनाको खण्डन गर्दै आफ्नो कुनै पनि हात नरहेको संगीता पाठकले बताएकी छन । नेपालगञ्ज महोत्सवमा भएको लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताको परिणाम घोषणा गर्ने क्रममा अभिभावक र आयोजक बीच भएको विवादलाई आधार बनाएर पाठक माथि लगाइएको आरोप प्रति आफ्नो गम्भिर आपत्ति सहित ध्यार्नाषण भएको एक पत्रकार सम्मेलन मार्फत बताएकी छन ।

पाठकले नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले उनको चरित्रहत्या गर्ने बदनियत तरिकाले जारी गरेको विज्ञप्ति अफवाह र फर्जी रहेको बताएकी छन । उनले त्यसमा कुनै पनि सत्यता नरहेको दावी गरेकी छन ।

उनले आफ्नो विज्ञप्तिमा लेखेकी छन, ‘आयोजकका केही पदाधिकारीको एक तर्फी निणर्यका कारण उत्पन्न समस्याको जिम्मेवार मलाई बनाएर आफु पन्छिन खोजेको प्रति खेद समेत प्रकट गर्दछु । उत्पन्न समस्याको समाधानका लागि छलफलको बाटो हुदाँहुदैँ उपस्थित भिडलाई प्रतियोगिताको निणर्य रातारात सुनाएर झन उत्तेजित बनाएर एकतर्फी निणर्यको ढाकछोप गर्न प्रयास मात्र गरिएको छ ।’

उनले भनेकी छन, ‘आयोजक टिमलाई पहिला छलफल गरेर भिडलाई शान्त गरौं र मात्र निणर्य सार्वजनिक गरौं किन भने प्रतिस्पर्धीले बाक्सा समय अगावै किन उठाइएको र केही टिकट आयोजक कै गल्तीका कारणले फ्यालिएको लगायतका प्रश्न गर्दै होहल्ला थालेपछि एउटा सदस्यको नाताले म सम्पूणर् टिमलाई उक्त विषयमा छिटो सम्बोधन गर्न लागि परेको थिए । समय भन्दा केही बेर अगाडि नै बाक्सा किन उठाईको विषयमा आयोजक तर्फका नन्दु बुढाले समेत प्रश्न गरेका थिए ।’

तर निणरयक तर्फबाट जवाफ मनोमानी ढंगको आएको उनले जिकिर गरेकी छन । उनले थप भनिन्, ‘घटना घटिसकेपछि म सहितका केही सदस्यहरुलाई परिसरमा एकलै पारेर केही जिम्मेवारी लिएका व्यक्ति परिसर छाडेर भागेका थिए ।’

उनका अनुसार आयोजकले अटेर गर्दै एकपक्षीय कार्य गरेको हुदाँ उत्पन्न समस्यालाई आधार बनाएर उनी माथि घटनाको जिम्मेवारी थोपारेर आयोजक यसबाट पन्छिन खोजेको छङ्र्गग देखिन्छ । घटना स्थलमा पत्रकारको माग भएपछि लग्त्तै त्यहाँ पुगेका पत्रकारले रिर्पोटिङ्ग क्रममा समेत अवरोध गरिएको थियो ।

घटना स्थलमा पत्रकारको उपस्थितिमा यथार्त बुझेर मात्र अगाडि बढ्ने अभिभावकले चेतावनी समेत दिएका थिए । तर आयोजकले दर्शकको अनुपस्थितिमा सिमित अभिभावक माझ रातारात परिणाम गोषणा गरिएको थियो । पत्रकारले उठाएको प्रश्नको जवाफ दिदै मुख्य आयोजक अध्यक्ष मधु खड्काले यो निर्णाायकले निकालेका परिणाम हो त्यसका कारण यसमा निर्णाायक कै भुमिका रहेको जिकिर गरेकी थिइन । तर प्रतिस्पर्धी अनुसार अध्यक्ष खड्का आफु स्वयंम प्रतिस्पर्धीको भोट गणनामा चासो देखाएकी अभिभावकको आरोप छ ।

उक्त घटनालाई थप बुझ्न खोज्दा अध्यक्ष खड्काले संगीता पाठकलाई सार्वजनिक ठाँउमा बदनियत ढंगले जवाफ दिदैँ, ‘तेरो बहिनीलाई म कदापी अगाडि बढ्न दिन्न, जे गर्न सक्छिस गर ।’ भनेकी थिइन प्रतिस्पर्धी साक्षी छन । यसमा आयोजक खड्काको शैलीमा नै खोट देखिन्छ ।
यस अघि पनि मुख्य आयोजक खड्काले पाठकलाई बिभिन्न फर्जी हुदैँ नभएका कारण बनाएर पटक पटक उनीसंग विवाद गर्न खोज्ने प्रयास गरेकी बुझिएको छ ।

पाठकले भनिन्, ‘आयोजक समितिले कुनै पनि कार्यको जिम्मा लगाइसकेपछि पूरा नहुदाँ सम्बन्धित व्यक्तिलाई कुनै प्रकारले पनि बाधा पुर्‍याउन मिल्दैन ।’ तर कार्य सम्पादन क्रममा आयोजक खड्काले बिभिन्न कारण बनाएर विवादमा ल्याउन खोज्ने प्रयास दोहोर्‍याइरहेकी विभिन्न व्यक्तिहरु साक्षी छन ।

उनले अझै खुलस्त रुपमा भनिन्, ‘म गलत विषयमा विरोध गर्ने भएको हुदाँ निज खड्काले म संग व्यक्तिगत रिसिवी राखेको हो । उनको उक्त व्यक्तिगत चाहाना पुरा नभएपछि यस घटनालाई आधार बनाएर म माथि लगाएको फर्जीका आरोप यसै विज्ञप्ति मार्फत खण्डन गर्दछु ।’
यत्ती बेला सदस्यहरु काम गरेको मुल्यांकन खेर जाने डरले केही बोल्न नसकेपनि उक्त घटनाको निश्पक्षीय छानबिनका लागि सम्बन्धित निकायलाई अनुरोध समेत गर्ने उनले निणर्य लिएको जानकारी दिइन ।

यता, आयोजकले घटना पश्चात अर्को दिन शनिवार बिहान एक पत्रकार सम्मेलन मार्फत घटनाको दोषी पाठकलाई ठहर गरेको थियो । उक्त आरोप फर्जी रहेको पाठकले खण्डन गरेकी छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here