२९ माघ, नेपालगञ्ज । नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
शनिबार अस्पताल परिसरमा नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधि व्यवसायी संघ तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं महाधिवेशन÷राष्ट्रिय अधिवेशनबाट केन्द्रिय कार्यसमितिमा चयन भएका आयुर्वेद औषधी व्यवसायी र स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।
नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, हस्पिटलका प्रमुख प्रसाकिय अधिकृत प्रभाकर मिश्र, निर्देशक डा. शिवराज सुवेदी लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका थिए ।
नेपाल आयुर्वेद व्यवसायी संघका सह–कोषाध्यक्ष एवम् नारायणी आयुर्वेदका वेदव्यास सुवेदी, केन्द्रिय सदस्य एवम् प्रदेश संयोजक फेमिली आयुर्वेदका गिरीराज शर्मा भंटराई र केन्द्रिय सदस्य एवम् मनकामना आयुर्वेद फर्माका लक्ष्य बहादुर विकलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बाँके जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. अनिल चौधरी, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलका डा. मनोज कुमार यादव, कौशिल्या अस्पतालका संचालक राम प्रसाद न्यौपाने, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको लेखा तथा व्यवस्थापन प्रमुख प्रिन्सी मिश्र, पदमा थापा लगायतको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रमसँगै शनिबार नेपालमा आयुर्वेद चिकित्सा सेवा र आयुर्वेद शिक्षाको विकास र विस्तारको बारेमा अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा सहभागिहरुले नेपालमा आयुर्वेद उपचार पद्धति प्रति आम नागरिकको चासो र विश्वास बढ्दै गएको बताएका थिए ।
नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले नेपालगञ्जमा उच्च गुणस्तरीय सेवा र शिक्षा प्रदान गर्ने उद्देश्यले नेपालगञ्ज हेल्थ क्याम्पसले आयुर्वेदमा आफनो ध्यान केन्द्रित गरेको बताए । हस्पिटलका निर्देशक डा. शिवराज सुवेदीले आयुर्वेद क्षेत्रमा गुणस्तरीय शिक्षा र गुणस्तरीय जनशंक्तिको आवश्यकता बढदै गएको बताए । आयुर्वेद क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुबिच सहकार्यले नेपालमा शिक्षा र चिकित्सा क्षेत्रमा थप सफलता हासिल गर्न सकिने उनले बताए ।
केन्द्रिय सदस्य एवम् प्रदेश संयोजक गिरीराज शर्मा भंटराईले विगतमा महिनामा २० हजार पनि औषधी विक्री नहुने अवस्थाबाट गुज्रिएको आयुर्वेदले अहिले निकै प्रगति गरेको बताए । नेपालगञ्जमा १५ शैयाको आयुर्वेद अस्पताल खुल्नु आयुर्वेद क्षेत्रको लागि निकै खुसीको कुरा भएको उनले बताए । नेपालमा निजी क्षेत्रको आयुर्वेदमा आकर्षण र लगानी बढनुले यसको भविष्य थप राम्रो हुँदै गएको संकेत गरेको भंटराईले बताए ।
सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको लेखा तथा व्यवस्थापन प्रमुख प्रिन्सी मिश्रले स्वागत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here