१३ माघ, नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज शुक्रबार गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

बिहीबार भने गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरीले आफ्ना बेजोड प्रस्तुतिले २० हजार बढी दर्शकलाई मनोरञ्जन गराउदै माहोल तताएका थिए । बिहीबार उद्घोषिका शोभा त्रिपाठी र प्रेरणा गिरीले संचालन गर्ने समितिले जनाएको हो ।

यस बाहेक दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारहरु संग मनोरञ्जन गर्ने, कुस्ती प्रतियोगिता हेर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रर्वद्धनमा टेवा पुर्याउनेछन ।

यस्तै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । दर्शकले बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्नुका साथै बाल उद्यान, स्टल अवलोकन गरेर भरपुर्ण आनन्द उठाईरहेका छन ।

महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गितसंगितले भरपुर मनोरञ्जन गराएको महोत्सबका प्रत्यक्ष दर्शिहरु बताउँछन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा। लि।को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here