नेपालगञ्ज, मंंसिर २७ । बाँके युनेस्को क्लबले आफ्ना कार्यसमितका पदाधिकारी र सदस्य लगायतका लागि अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत संस्थाको कार्यसमितिलाई अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणमा सहजता प्रदान गर्ने उदेश्यले २ दिने तालिम सञ्चालन गरेको हो । यो तालिमले कार्यसमितका सबै पदाधिकारी र बोर्ड सदस्यहरुको अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी क्षमता बृद्धि हुने भएकोले यो तालिम निकै महत्वपुर्ण रहेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । क्लबका अध्यक्ष रवि कुमार तुलाधरका अनुसार यस तालिमको उद्देश्य संस्थाका कार्यकारी सदस्यहरू र वरिष्ठ अधिकारीहरूको क्षमता अभिवृद्धि गरेर उनीहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा आवधिक रूपमा आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न र कार्यान्वयन गरिएका गतिविधिहरूको प्राप्त नतिजा सहित परियोजनाको सफलता र असफलताको मूल्याङ्कन गर्न सक्षम बनाउनु हो । सो तालिमको सहजिकरण प्लान इन्टरनेशनल नेपालका मोनिटरिङ इभ्यालुएसन रिसर्च एण्ड लर्निङ अधिकृत हसरत अलिले गरिरहनु भएको छ । तालिममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएको विषय बस्तुमा केन्द्रित रहेर व्यापक छलफल, समूह कार्य र प्रस्तुतीकरण गरेको तालिमका सहजकर्ता अलिले बताउनुभयो । तालिमममा क्लबका विभिन्न वरिष्ठ कर्मचारीहरुको पनि सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here