२४ मंसिर, नेपालगन्ज । प्याब्सन नेपालगंज तेश्रो संस्करण चेस प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन नेपालगंजद्वारा यहि मंसिर २२ र २३ गते गरी दुई दिनमा आधारभुत तहका छात्रा तथा छात्र र माध्यमिक तहका छात्रा तथा छात्र गरी छुट्टा छुट्टै ४ वटा इभेन्टहरुको आयोजना गरिएको हो ।
सबै इभेन्ट ५ राउण्डमा प्रतिस्पर्धा गराईएको प्रतियोगितामा नेपालगंजका १७ वटा विद्यालयहरुले भाग लिएका हुन् ।
आधारभुत तहको छात्रा तर्फ ११ जना सहभागीहरु मध्यबाट सबै राउण्ड जित्दै कक्षा ३ सगरमाथा स्कुलमा अध्ययनरत इशा गिरी ५ अंकका साथ प्रथम भएकी छिन् ।
कक्षा ८ नेपालगंज मोडल एकेडेमीकी श्रृष्टी शाह ४ अंक सहित दोश्रो र ३ अंक ल्याउदै पशुपति स्कुल राझाकी निरुता कार्की तेश्रो भएकी छन । १५ जना खेलाडीहरु भएको आधारभुतकै छात्र तर्फ पशुपति स्कुलका सग्यान पाण्डेलाई हराउदै ४.५ अंक साथ कक्षा ८ जय वागेश्वरी स्कुलका हेमाङबाबु सिंह प्रथम, ४ अंक ल्याई एन्जल्स स्कुलका संस्कार भट्ट दोश्रो र नेपालगंज मोडल एकेडेमीकै अनुपजंग शाह ३.५ अंकका साथ तेश्रो भएका छन् ।
११ जना प्रतिस्पर्धी रहेको माध्यमिक तहको छात्रा तर्फ भेरी विद्याकी गरिमा श्रेष्ठलाई हराउदै पशुपतिकै सलिना थापा ४.५ अंक सहित प्रथम र समान ३.५ अंक भएता पनि १४.५ Buchholz साथ सगरमाथाकै प्रतिभा भण्डारी दोश्रो तथा ३.५ अंक र १० Buchholz का कारण जय वागेश्वरीकी जेनेलिया चन्द तेश्रो भएकी हुन । साथै १४ जना बीच भएको मा.वि. छात्र तर्फको प्रतिस्पर्धामा आदर्श स्कुलका आदेश पुनलाई हराउदै सगरमाथाकै हिमाल नाथ योगी ५ अंक साथ प्रथम, आदर्शका आदेश पुन ४ अंक साथ दोश्रो र ३ अंक जोडी भेरी विद्याका अभय बर्मा तेश्रो हुन सफल भएका छन् ।
छात्रा २२ र छात्र २९ गरि कुल ५१ खेलाडी सहभागी रहेको प्रतियोगिताको ४ इभेन्टका कुल १२ वटा मेडलहरु मध्य सगरमाथाले ३, जय वागेश्वरी, पशुपति र नेपालगंज मोडल एकेडेमीले २÷२ र एन्जल्स, आदर्श तथा भेरी विद्याले १÷१ वटा मेडल हासिल गरेका छन् ।
लायन्स क्लब अफ न्यूरोड को सहयोगमा र प्याब्सन नेपालगञ्ज द्वारा आयोजना गरिएको उक्त कार्यक्रम शनिवार राँझा एयरपोर्टस्थित प्याब्सन बाँके को सभाहालमा सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here