२४ मंसिर, नेपालगन्ज । बाँके युनेस्को क्लबले मर्यादित कार्यका लागि नेपाल सरकारको श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक संस्थाहरुलाई बर्दियामा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रम प्लान नेपालको सहयोगमा सञ्चालित पर्ल परियोजना अन्तर्गत सम्पन्न गरिएको क्लबले जनाएको छ ।
अधिवक्ता राम कुमार चौधरीले सहजीकरण गर्नु भएको सो अभिमुखिकरणमा श्रम ऐन २०७४ का विविध प्रावधान र कार्यान्वयनका अवस्थाका बारेमा व्यापक छलफल भएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कार्यक्रममा छलफल गर्दै सहभागिहरुले ऐनमा उल्लेख भएका कतिपय कुराहरु हाल कार्यान्वयनमा रहेको र कतिपय कुराहरु कार्यान्वयनमा नरहेकोले कार्यान्वयनका लागि पहल गर्नु पर्ने निष्कर्श निकालेका थिए ।
कार्यक्रममा उठेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ सहजकर्ता अधिवक्ता चौधरी र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लामिछानेले दिनु भएको थियो ।
यसैविच क्लबले ठाकुरबाबा नगरपालिकामा नै रोजगारदाताहरुका लागि लैगिंकमैत्री वातावरण निर्माण गर्न एक दिने अभिमुमिखकरण समेत सम्पन्न गरेको छ ।
एडभान्स टे«निंग एण्ड कन्सलटेन्सीका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले सहजिकरण गर्नुभएको सो कार्यक्रममा सरोकारवाला निकायको तर्फबाट उद्योग वाणिज्य संघ, होटल अर्गनाइजेशन, खानेपानी उपभोक्ता महासंघ, निर्माण व्यवसायी संघ, सहकारीहरु, व्यटिपार्लर लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा रोजगारदाताको लैगिंक समानता र वातावरणका बारेमा विस्तृत रुपमा छलफल र विचार विमर्श गरिएको थियो । सो अवसरमा उठेका विभिन्न जिज्ञासाहरुको निराकरण सहजकर्ता पाण्डे र क्लबका कार्यक्रम संयोजक लामिछानेले गर्नु भएकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here