१५ मंसिर, काठमाडौं । इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ । बिहिबार इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन भएको छ । यस नाटकले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।
उत्तरआधुनिक परिव्शमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन भएको छ ।

त्यस्तै सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको थियो । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया भएको छ ।

बिहिबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चालन भएको छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here